एकताको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रुपमा सफल पारौं ।

जसपाले बनायो महाधिवेशन प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका समिति

 

जनता समाजवादी पार्टी (जसपा) नेपाले पार्टी विधान अनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागी प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका तयार समिति समिति गठन गरेको छ ।

 

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा शिवलाल थापा र मनिषकुमार सुमन रहेका छन् ।

 

त्यस्तै बैशाख ३ गते भित्र प्राप्त हुन आएका संगठीत सदस्यहरुको विवरण मात्र राष्ट्रिय महाधिवेशन प्रयोजनको लागी अभिलेख राख्ने निर्णय भएको छ । सङ्गठन विभागले उक्त सङ्गठित पार्टी सदस्यताको अभिलेख तयार गर्दा निम्नानुसारको समय कार्यतालिका अनुसार कार्य गर्नु पर्ने भनिएको छ ।

समन्धित खबर

परिपत्र
पार्टी परिपत्र
पार्टी परिपत्र
जेनजी प्रदर्शनका क्रममा भएको घटनाको जिम्मा तत्कालीन सरकारले लिनुपर्छ: मा. उपेन्द्र यादव
युवा पुस्ताको आन्दोलनलाई सम्वोधन गर्न संविधान संशोधन वा पुनरलेखन गरिनु पर्दछः–मा. उपेन्द्र यादब
जसपा नेपालले भन्यो- पाँचकुने तारा अन्य दलले दाबी नगरुन्