जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको निर्णयहरु
मिति २०८० साल पौष २५, २६ र २७ गते जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समिति र केन्द्रीय समितिको बैठक केन्द्रीय अध्यक्ष मा.उपेन्द्र यादवज्यूको अध्यक्षता बसी देहाय बमोजिमको निर्णय गरिएको छ ।
निर्णयहरू :
१. राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेष्ठ २८, २९ र ३० गते धनुषा जिल्लामा सम्पन्न गर्ने गरी देहाय बमोजिमको महाधिवेशन सम्बन्धी कार्यक्रम तय गरिएको छ । सोही अनुसार सम्बन्धीत पालिका, जिल्ला, राष्ट्रिय समिति, प्रदेश समिति र पार्टी सदस्यहरुले आ–आफ्नो जिम्मेवारी वहन गर्नु पर्नेछ ।
राष्ट्रिय महाधिवेशन सम्बन्धी कार्यक्रम :
१. संगठित पार्टी सदस्यता वितरण / नवीकरण मिति २०८० साल फाल्गुण २५ गते सम्म गरि सक्नु पर्नेछ ।
२. संसदीय निर्वाचन क्षेत्र अनुसार संगठित पार्टी सदस्यहरूको अभिलेख तयार गरी जिल्ला समितिले राष्ट्रिय समिति / प्रदेश र केन्द्रिय कार्यालयमा मिति २०८० साल चैत्र १० गते भित्र पठाई सक्नु पर्नेछ ।
३. पार्टी विधानको धारा १०, ११ र १४ को आधारमा धारा–१८ अनुसार संगठित पार्टी सदस्यता प्रदान गर्ने ।
४. मिति २०८० साल मंसीर ३० गते भित्र पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टीमा आवद्ध भएका र पार्टी संगठनमा कार्यरत रहेका पार्टी सदस्यहरुलाई मात्र संगठित पार्टी सदस्यता प्रदान गर्नु पर्नेछ ।
५. संगठित पार्टी सदस्यता सम्बन्धी दावी बिरोध अथवा उजुरी दिने मिति २०८० साल चैत्र १० गते भित्र ।
६. राष्ट्रिय महाधिवेशनको लागि विधान अनुसार संसदीय निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिहरु निर्वाचनका लागि केन्द्रीय कार्यालयबाट निर्वाचन समिति गठन गरिनेछ ।
७. महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन/ चयन मिति २०८० साल चैत्र २० गते देखि २०८१ साल बैशाख २० गते सम्म गरि सक्नु पर्नेछ ।
८. निर्वाचित महाधिवेशन प्रतिनिधिहरुको नामावली केन्द्रिय कार्यालयमा मिति २०८१ साल बैशाख ३० गते भित्र पठाई सक्नु पर्नेछ ।
९. यसका अतिरिक्त महाधिवेशन सम्बन्धी प्रक्रिया एवम् कार्यविधि तथा निर्देशिका केन्द्रिय कार्यकारिणी समितिले तोके बमोजिम हुनेछ ।
१०. राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरु तयार गर्न निम्नानुसारको मस्यौदा समिति गठन गर्ने ।
१. विश्लेषणात्मक राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी कार्यदिशा सम्बन्धी दस्तावेज ।
२. पार्टीको नीति तथा कार्यक्रम सम्बन्धी दस्तावेज (सैद्धान्तिक, वैचारिक तथा नीतिगत दस्तावेज)
२. आसन्न माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि गठबन्धन दलका उम्मेदवारहरुलाई विजय गराउन सबैले भूमिका निर्वाह गर्ने र जसपा, नेपालको मतदाता, मतभार रहेका प्रदेश १, मधेश प्रदेश, लुम्विनी प्रदेश लगायत सबै प्रदेश र अन्तर्गत जिल्लाहरुमा समेत गठबन्धनमा रहेका दलहरु संलग्न राष्ट्रिय सभा सदस्य निर्वाचन समन्वय समिति गठन गरी परिचालन गर्ने समेत निर्णय गरियो ।
३. मधेश प्रदेश स्थापना भएको दिन माघ–३ गतेलाई प्रत्येक वर्ष ‘मधेश दिवस’ को रुपमा मनाउने निर्णय गरियो । यस पटक उक्त दिवस भब्यताका साथ जनकपुरमा मनाउने र जिल्ला सदरमुकाममा प्रत्येक वर्ष उक्त ‘मधेश दिवस’मनाउने निर्णय गरिएको छ ।
४. ‘वलीदानी दिवस’ मनाउने सम्बन्धमा मधेश जनविद्रोहमा शाहदत प्राप्त गर्नु भएका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेलाई ‘वलीदानी दिवस’को रुपमा मनाईदै आएकोमा यस पटक विरगंजमा भव्यताका साथ मनाउने निर्णय गरिएको छ ।