जनमत पार्टीका लक्ष्मीपुर पतारी गाउँ पालिका वडा अध्यक्ष पदका उम्मेदवार जय प्रकाश सिंह दनुवार सहित ७५ जना अगुवा कार्यकर्ता जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन्।
लक्ष्मीपुर पतारी गाउँ पालिका वडा नम्बर ४ ब्रहमपुरी स्थित आज बुधवार एक कार्यक्रमबीच जसपाका मधेस प्रदेस समितीका अध्यक्ष बालकिशोर यादव र केन्द्रिय सदस्य एवम मधेस प्रदेससभा सदस्य राज कुमार गुप्ता लगायत नेताहरुले उनीहरूलाई स्वागत गरे पालिकाकाे चुनावमा सिंह लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्वर ४ वडा अध्यक्षका उम्मेदवार हुनुहुन्थ्यो।
जसपाका लक्ष्मिपुर पतारी गाउँपालिका अध्यक्ष बद्री नारायण यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेस समिती अध्यक्ष बालकिशोर यादव र विशिष्ट अतिथिमा जसपाका केन्द्रिय सदस्य एवम मधेस प्रदेससभा सदस्य राज कुमार गुप्ता रहनुभयो। जनमत पार्टी परित्याग गरेका बलियो जनाधार भयेका नेता प्रकाश सिंह लाई जसपा नेपाल मा ल्याउन निकै लामो समय देखि प्रयासरत रहेको सोही क्षेत्र को प्रदेश सांसद मा. राज कुमार गुप्ता (राजु गुप्ता)ज्यू को कठिन परिश्रम आज अंतरराष्ट्रीय श्रमिक दिवस को शुभ अवसर मा सफल भयेको जनचर्चा सर्वत्र व्याप्त रहेको छ। आज को पार्टी प्रवेश कार्यक्रम बाट सिरहा जसपा लाई नयां ऊर्जा प्राप्त भयेको जसपाका युवा नेता तथा विद्यार्थी मधेश प्रदेश अध्यक्ष दिपेश यादवले जानकारी गराउनुभयाे ।