जसपाको महाधिवेशन कार्यतालिका सार्वजनिक

जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनका लागि पार्टीको संगठित सदस्यता लगायत वैशाख ३ गतेभित्र संकलन गरिएका अभिलेख मात्रै मान्य हुनेसमेत निर्णय गरेको हो । कार्यतालिका अनुसार वैशाख १० गतेभित्र संगठन विभागले आवश्यकता अनुसार संगठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख तयार गर्नेछ । संगठित सदस्यतामा त्रुटि देखिएमा वैशाख १५ भित्र सच्याएर १६ गते संगठित सदस्यताको अभिलेख सार्वजनिक गरिने छ ।वैशाख १७ देखि २० सम्म संगठित सदस्यतामाथि उजुरी गर्ने र २१ देखि २५ गतेभित्र उजुरीमाथि छानबिन गरिसक्ने समय तोकिएको छ ।संगठित पार्टी सदस्यहरूको अन्तिम नामावली सहितको विवरण वैशाख २६ गते प्रकाशन गर्ने निर्णय भएको छ । वैशाख ३० गतेदेखि जेठ १० गतेभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरिसक्नुपर्ने तालिका सार्वजनिक गरिएको छ ।त्यस्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्नको लागि प्रतिनिधि निर्वाचन सम्बन्धी निर्देशिका तयार गर्न तीन सदस्यीय समिति गठन भएको छ । समितिको सदस्यमा शिवलाल थापा र मनीषकुमार सुमन छन् ।गत पुसमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी जेठ २७, २८ र २९ गते जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

समन्धित खबर

उपेन्द्र यादवको खुलासा: प्रचण्ड आफैँ पछारिए, मध्यरातमा यसरी रोपे छुरा, ओली-देउवालाई छुट छैन
समाजवादी मोर्चाको प्रचण्डले दुुरुपयोग गरे: उपेन्द्र यादब
संविधान पुनर्लेखन नगरिए फेरि जनविद्रोह हुन्छ : उपेन्द्र यादव
जसपा नेपालको आर्थिक वर्ष २०८०/०८१ को आयब्यय सार्वजनिक
परिपत्र सम्बन्धमा
जनतासँग जसपा नेपाल अभियानको म्याद माघ मसान्तसम्म थप