जसपाको मोरङ जिल्ला समिति पुनर्गठन

काठमाडौं, ७ मंसिर, जनता समाजवादी पार्टी (जसपा) नेपालको मोरङ जिल्ला समिति पुनर्गठन भएको छ । बिहीबार जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमबाट राजकुमार यादवको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा महेश्वर यादव, मन्तलाल यादव सचिवमा रछामी किराती उपसचिव दिनेश साह, विनोद सिंह गनगाईं र कोाषाध्यक्षमा बिनिता सिंह चयन भएका छन् ।

पार्टीका राजनीतिक समिति सदस्य एवम् कोसी प्रदेश समितिका सह इन्चार्ज रामविलास यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशेष अतिथिको रुपमा राजनीतिक समिति सदस्य जयराम यादव, अञ्जु खड्का, सुरेश सिंह गनगाईं रहेका थिए ।

समन्धित खबर

उपेन्द्र यादवको खुलासा: प्रचण्ड आफैँ पछारिए, मध्यरातमा यसरी रोपे छुरा, ओली-देउवालाई छुट छैन
समाजवादी मोर्चाको प्रचण्डले दुुरुपयोग गरे: उपेन्द्र यादब
संविधान पुनर्लेखन नगरिए फेरि जनविद्रोह हुन्छ : उपेन्द्र यादव
जसपा नेपालको आर्थिक वर्ष २०८०/०८१ को आयब्यय सार्वजनिक
परिपत्र सम्बन्धमा
जनतासँग जसपा नेपाल अभियानको म्याद माघ मसान्तसम्म थप