जसपा ,नेपालको ऐतिहासिक विधान अधिवेशन भव्य एवं सभ्य रूपमा सम्पन्न

नेपाल प्रज्ञा प्रतिष्ठान  , काठमाण्डौ 

२०८० आषाढ १०-१२ 

जसपा,नेपालको विधान अधिवेशन असार १२ गते भव्य एवं सभ्य रूपमा सम्पन्न भएको छ .असार १० गतेदेखि प्रारम्भ भएको विधान अधिवेशन पूर्ववत  कार्यतालिकाअनुसार असार १२ गते सम्पन्न भएको हो . ऐतिहासिक विधान अधिवेशनको समुद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै जसपा,नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयतामा नै त्रुटी रहेको बताउनुभयो . उहाँले संघीय संरचना निर्माण गरिए  पनि त्यो त्रुटीपूर्ण रहेकोले त्यसलाई पूर्णता दिनका लागि संविधानमै संशोधन गर्नुपर्ने कुरामा जोड दिनुभयो .संघीयताको अनुभूति गर्नका  लागि संविधान संशोधनबाहेक अरु कुनै विकल्प नरहेको बताउनुहुँदै उहाँले शासकीय स्वरूपसमेत विकृत हुँदै गएको बताउनुभयो .उहाँले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तनका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो .

अध्यक्ष यादवले आर्थिक वर्ष २०८० /०८१ को बजेटप्रति असन्तुष्टि पोख्नुभयो . नेपालको शिक्षा प्रणाली पनि एसियामै सबभन्दा कमजोर भएको बताउनुहुँदै उहाँले शिक्षा र स्वास्थ्यमा भएको व्यापारीकरणलाई अविलम्ब रोक्नुपर्नेमा जोड दिनुभयो . उहाँले भन्नुभयो ,“ जसपा,नेपाल  नभएको भए देशमा संघीयता आउंदैन्थ्यो ,नागरिकता समस्या पनि समाधान हुँदैनथ्यो .“ 

अधिवेशनको समुद्घाटन सत्रमा संघीय परिषद अध्यक्ष तथा शिक्षा ,विज्ञान तथा प्रविधि मंत्री अशोक कुमार राई ,सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ , कार्यकारिणी सदस्य एवं पूर्व मंत्रीहरू मृगेन्द्र कुमार सिंह यादव , रेणु कुमारी यादवले विधान अधिवेशनको औचित्य तथा संघीयताका विविध पक्षमा आफ्नो धारणा राख्नुभएको थियो . यसैगरी कार्यकारिणी सदस्यहरू शिवलाल थापा मगर , रकम चेम्जोंग र मधेश प्रदेशका पूर्व मुख्यमन्त्री मो. लालबाबु राउतलगायतकाले समेत आ-आफ्नो धारणा राख्नुभएको थियो . 

अधिवेशनको पूर्ववत कार्यतालिकाअनुसार असार १० गते समुद्घाटन  समारोह र असार ११ गते प्रस्तावित विधानमाथि  १० वटा समूह बनाई सामूहिक  छलफल कार्यक्रम राखिएको थियो .  समूह एकमा  विजय यादव र रणध्वज कन्दंगवा ,समूह दुईमा मा. राजकिशोर यादव  र आरसी तुम्बा ,समूह तीनमा गोविन्द चौधरी र शिवलाल थापा मगर ,समूह चारमा मा. सुशीला श्रेष्ठ र मा .प्रकाश अधिकारी ,समूह पाँचमा सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र रेणु कुमारी यादव .समूह छमा मो.लालबाबु राउत र पंचलाल महर्जन ,समूह सातमा मा. मृगेन्द्र कुमार सिंह यादव र लालकिशोर साह ,समूह आठमा कमला विश्वकर्मा र परसुराम बस्नेत , समूह नौमा रकम चेम्जोंग र जयराम यादव तथा समूह दसमा डा. पुष्पराज राजकर्णिकार तथा मा. मनिष सुमनलाई समूहगत सहजकर्ता तोकिएको थियो . 

असार १२ गते १० वटै समूहबाट सामूहिक धारणा आइसकेपछि अध्यक्ष उपेन्द्र यादवले आफ्नो धारणा राख्नुभएको थियो . कार्यक्रमको अन्त्यमा संशोधनसहित  विधान पारित गरियो  . अधिवेशनमा केन्द्रीय समितिका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला समिति , जनवर्गीय संगठनलगायत प्रवाससमेत गरी करिब ८ सय प्रतिनिधिहरूको सहभागिता रहेको थियो .  

 

समन्धित खबर

प्रेस विज्ञप्ति
सामाजिक सञ्जाल विधेयकको पक्ष कि विपक्षमा ? पाथीभरा केबलकारको पनि पक्ष कि विपक्ष ?
मन्त्री,मुख्यमन्त्री वा कुनै प्रलोभनमा पर्दैनौ, देश र जनताको हितमा निर्णय लिन्छौ: उपेन्द्र यादव
केन्द्रीय समितिको बैठक सम्बन्धमा ।।
प्रेस विज्ञप्ति
सामाजिक सञ्जाल विधेयकको आपत्ती, संविधान संशोधनमा ओलीलाई नछोड्ने, प्रचण्ड नचाहिने