जसपा नेपालको केन्द्रीय समिति बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको चारदिने बैठक बुधबार सम्पन्न भएको छ ।   बैठकले निकै महत्त्वपूर्ण एजेन्डाहरु राजनीतिक, साङ्गठनिक एवं समसामयिक बिषयहरुबारे निर्णयहरु गरेको छ । सदन र सडकमा बलियो दख्खल राख्दै संगठन निर्माणका लागि जनअभियानमा होमिने केन्द्रीय समिति बैठकको निर्णय जनाइएको छ ।

जसपा नेपालको पाँच लाख क्रियाशील सदस्य पुर्याउने गरी केन्द्रीय सदस्य बैठकले पार्टीको लक्ष्य र कार्यदिशा निर्धारण गरेको हो ।

आगामी २०८४ को निर्वाचनसम्म सम्पूर्ण पार्टीपंक्ति नेतृत्वलाई संगठन निर्माणमा होमिन अध्यक्षको निर्देशन, आगामी निर्वाचनमा जसपा नेपाललाई बलियो शक्तिको रुपमा स्थापित गर्नेगरी ग्रास रुटका जनतामा होमिन अध्यक्षको आह्वान रहेको जनाइएको छ ।

पार्टी अध्यक्ष मा.उपेन्द्र यादवले प्रस्तुत गर्नु भएको राजनीतिक, सांगठनिक एवं जनअभियानको प्रतिवेदन राय सुझावसहित सर्वसम्मतले पारित भएको छ ।

बैठकले भूगोल, क्षेत्र, योग्यता, क्षमता र विविधताका आधारमा संगठन निर्माण एवं जनअभियानको लागि केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेको छ ।

यही भाद्र ९ गते काठमाडौंमा औपचारिक कार्यक्रम गरी पार्टी अध्यक्ष यादवले जनअभियानको उद्घाटन गर्नुहुनेछ ।

प्रथम चरणमा यो जनअभियान चार महिनाको लागि मंसिर मसान्तसम्मको लागि तोकिएको छ ।

समन्धित खबर

पार्टी परिपत्र
ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने उपेन्द्र यादवको घोषणा
केन्द्रीय समितिको बैठक सम्बन्धमा
Upendra Yadav (Chairman People’s Socialist Party, Nepal )| Fireside | 17 Feb 2025
प्रेस विज्ञप्ति
सामाजिक सञ्जाल विधेयकको पक्ष कि विपक्षमा ? पाथीभरा केबलकारको पनि पक्ष कि विपक्ष ?