जसपा नेपालको भोलि कार्यकारिणी समिति बैठक बस्दै

२४ मंसिर, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

भोलि मङ्सिर २५ गते सोमबारलाई केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ ।

आउँदो माघमा हुने राष्ट्रिय सभाको निर्वाचन, यसबीचमा पार्टीले सञ्चालन गरेको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गरिने बताइएको छ ।

विशेषगरी राष्ट्रिय सभाको निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता लगायत समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेलाई बैठक बोलाइएको छ ।

समन्धित खबर

उपेन्द्र यादवको खुलासा: प्रचण्ड आफैँ पछारिए, मध्यरातमा यसरी रोपे छुरा, ओली-देउवालाई छुट छैन
समाजवादी मोर्चाको प्रचण्डले दुुरुपयोग गरे: उपेन्द्र यादब
संविधान पुनर्लेखन नगरिए फेरि जनविद्रोह हुन्छ : उपेन्द्र यादव
जसपा नेपालको आर्थिक वर्ष २०८०/०८१ को आयब्यय सार्वजनिक
परिपत्र सम्बन्धमा
जनतासँग जसपा नेपाल अभियानको म्याद माघ मसान्तसम्म थप