तोकिएको लेबी नबुझाए जसपाका केन्द्रीय नेताहरु विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने

काठमाडौँ । २४ जेठ २०८०, जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको लेबी नबुझाए केन्द्रीय नेताहरु नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताएको छ । बुधबार पार्टी कार्यालयले पत्र काटेर नेताहरुलाई लेबी बुझाउन ताकेता गरेको हो ।

‘जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य, राजनीतिक समिति सदस्य र केन्द्रीय सदस्य ज्यूहरुले पार्टीले तोकेको लेबी २०७९ साउनदेखि २०८० असारसम्मको बाँकी रहेको लेबी रकम मिति २०८० असार ५ गतेसम्म बुझाउन अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ ।

जसपाले केन्द्रीय कार्यकारिणी समिति सदस्यका लागि रु १०००, राजनीतिक समिति सदस्यका लागि रु ७०० र केन्द्रीय सदस्यहरुका लागि रु ५०० मासिक लेबी तोकेको छ ।

समन्धित खबर

मा. उपेन्द्र यादवसँग ‘तत्कालै’: सरकार ढल्छ, प्रचण्ड ‘प्रचण्ड’ रहेनन्, सरकारमा जान ओली–देउवा फकाउँदैछन्
प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
निर्वाचन आयोगको दलिय प्रणाली लोकतन्त्र विरोधी रहेकोले स्वीकार हुदैन – मा.उपेन्द्र यादव
प्रेस विज्ञप्ति
पार्टी परिपत्र