पार्टी विभाजनका विषयमा भण्डाफोर गर्न जसपा नेपालको परिपत्र

जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजनका विषयमा तल्ला तहसम्म भण्डाफोर गर्न परिपत्र गरेको छ ।

केन्द्रीय समितिको बैठकपछि बुधबार परिपत्र गर्दै सो पार्टीले पार्टीभित्र कुनै सैद्धान्तिक, वैचारिक मतभेद नरहेको अवस्थामा अकास्मात् सत्ता र शक्तिका लागि गरिएको विभाजन धोखापूर्ण र अनैतिक भन्दै त्यसको भण्डाफोर गर्ने अभियान सञ्चालन गर्न भनेको हो । पार्टीले विभाजन गर्नेहरूको भण्डाफोर गर्न परिपत्र गरेको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

‘यो विभाजले पहिचान, संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशीजस्ता मुद्दालाई कमजोर बनाउने काम भएको छ । मधेशी, आदिवासी जनजाति, दलित, थारु, पिछडावर्ग, मुस्लिम, अल्पसंख्यक, उत्पीडित जाति तथा राष्ट्रियताको मुक्तिको आन्दोलनलाई नै धरापमा पार्ने कार्य भएको समेत केन्द्रीय समिति बैठकको निष्कर्ष छ,’ बस्नेतले भने, ‘कहिल्यै पनि सैद्धान्तिक, वैचारिक तथा अन्य विषयहरुमा समेत मतभेद नरहेको अवस्थामा अकस्मात पार्टी विभाजन गर्ने काम धोकापूर्ण छ । यसको भर्त्सना गरौँ भनेर परिपत्र गरेका छौँ ।’

बैठकले पार्टीलाई एकताबद्ध राख्दै आगामी एकताको राष्ट्रिय महाधिवेशनलाई सफल पार्न समेत आह्वान गरेको उनले बताए ।

समन्धित खबर

परिपत्र
पार्टी परिपत्र
पार्टी परिपत्र
जेनजी प्रदर्शनका क्रममा भएको घटनाको जिम्मा तत्कालीन सरकारले लिनुपर्छ: मा. उपेन्द्र यादव
युवा पुस्ताको आन्दोलनलाई सम्वोधन गर्न संविधान संशोधन वा पुनरलेखन गरिनु पर्दछः–मा. उपेन्द्र यादब
जसपा नेपालले भन्यो- पाँचकुने तारा अन्य दलले दाबी नगरुन्