महाधिवेशन तयारीको लागि भोलि जसपाको कार्यकारिणी बैठक बस्दै

काठमाडौं ९, फागुन । जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय महाधिवेशन तयारीको लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ । बैठक भोलि बिहिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्दैछ ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा निर्णय गर्न बैठक बोलाइएको हो । विशेषगरी आगामी जेष्ठ २८, २९ र ३० गतेलाई आह्वान गरिएको जसपाको राष्ट्रिय महाधिवेशन तयारीको लागि कार्यकारिणी बैठक बोलाइएको हो ।

महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरुको मस्यौदा तयार गर्न, मस्यौदा समिति गठन गर्न, महाधिवेशनको व्यवस्थापन तयारी समिति बनाउने लगायत पार्टीको अन्य आन्तरिक छलफलको लागि बैठक बोलाइएको हो । यसका साथै बैठकमा केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।ग

त पुष २७ गते सम्पन्न केन्द्रीय समितिको बैठकले जनकपुरमा जसपाको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

समन्धित खबर

माधव ब्ल्याकमेलर, रविलाई नांगो हुँदापनि लुगा लगाएको भ्रम, महँगो घडि र कोटका लागि प्रचण्ड सरकारमा छन्
उपेन्द्र यादवले प्रचण्डको किन गरे पर्दाफास? देउवाको प्रशंसा गरेर थाकेनन्, ओलीलाई दिए टिप्स
के गणतन्त्र संकटमा छ? उपेन्द्र यादवको कठोर जवाफ || TAMASOMA JYOTIRGAMAYA || SURESH POUDEL |
DOTIM परिसंघ गठन
प्रधानमन्त्रीको प्रस्ताव गर्दा उपेन्द्रले यसो भने, निकटका भ्रष्टाचारीलाई जोगाएर मुद्दा, बजेटमा शंका
मा. उपेन्द्र यादवसँग ‘तत्कालै’: सरकार ढल्छ, प्रचण्ड ‘प्रचण्ड’ रहेनन्, सरकारमा जान ओली–देउवा फकाउँदैछन्