२०८० पुस २५ (सन् २०२४ जनवरी ११) गते भएको जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको चौँथो पूर्ण बैठकबाट पारित
राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन
सङ्घीय परिषद्का अध्यक्षज्यू, केन्द्रीय समितिका अध्यक्षज्यू तथा सम्पूर्ण साथीहरू,
हाम्रो गौरवशाली पार्टी जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको पछिल्लो बैठक २०८० असार ९ गते र विधान अधिवेशन असार १०–१२ गतेसम्पन्न भएको थियो । त्यसको ६ महिनापश्चात् योचौँथो बैठक हुन गइरहेको छ ।
सर्वप्रथम यस बैठकमा उपस्थित सम्पूर्ण साथीहरूलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछु ।
देश र जनताको खातिर आफ्नो सुन्दर जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पणका साथै अग्रगामी परिवर्तनको यात्रामा सहभागिता, त्याग र बलिदानका गाथाहरू सिर्जना गर्ने घाइते, अपाङ्ग तथा बेपत्ता व्यक्तिका परिवारजनसहित समस्त न्यायप्रेमी जनताप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
हामीले राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीलाई एकीकृत गरी जनता समाजवादी पार्टी, नेपाल गठन गरेको पनि तीनवर्ष पूरा भएको छ । यस अवधिमा हामीले विभिन्न उतारचढाव बेहोर्नु प¥यो जसले गर्दा पार्टीको राष्ट्रिय
महाधिवेशनबाट गर्नुपर्ने तमाम कामहरू बाँकी नै छन । अब हामी पार्टीको प्रथम महाधिवेशनको दिशामा उन्मुख भएका छौँ र पार्टीले अङ्गालेका मुख्य वैचारिक सैद्धान्तिक दृष्टिकोण, राजनीतिक कार्यदिशा र कार्यनीतिक
सवालहरूलाई पनि बदलिँदो राजनीतिक परिस्थितिअनुरूप अद्यावधिक गर्ने नै छौँ । यस बैठकमा अघिल्लो बैठकपश्चात गरिएका पार्टी काम तथा सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, वर्तमान सरकारको कामको मूल्याङ्कन, पहिचानको आन्दोलनको वर्तमान स्थिति, राष्ट्रिय सभाको निर्वाचन, पार्टीको प्रथम महाधिवेशन र मुलुकको वर्तमान परिस्थितिको विश्लेषणका साथ आगामी कार्ययोजना तय गर्ने छौँ । मुख्यतः यिनै कार्यसूचीमा यो बैठक केन्द्रित रहने छ । For more CLICKHERE