राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपा नेपालको निर्णय

काठमाडौं २५, मंसिर । जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।
सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष मा. उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदबार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको पुनः बैठक बस्ने निर्णय गरेको छ । यसका साथै, कार्यकारिणी समितिले यही पुस २५, २६ र २७ गते जसपा नेपालको राजनीतिक समितिको बैठक आह्वान गरेको छ ।


जसपा नेपालले सञ्चालन गरेको तीन महिने संगठन विस्तार तथा सुद्दढिकरण अभियानको समिक्षा गर्दै उक्त अभियानलाई पुस मसान्तसम्म थप प्रभावकारी ढंगले निरन्तरता दिने निर्णय गरेको छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्दै जसपा नेपालले यसबीच संचालन गरेको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण अभियान प्रभावकारी रहेको निष्कर्ष समेत निकालेको छ ।

समन्धित खबर

मा. उपेन्द्र यादवसँग ‘तत्कालै’: सरकार ढल्छ, प्रचण्ड ‘प्रचण्ड’ रहेनन्, सरकारमा जान ओली–देउवा फकाउँदैछन्
प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
निर्वाचन आयोगको दलिय प्रणाली लोकतन्त्र विरोधी रहेकोले स्वीकार हुदैन – मा.उपेन्द्र यादव
प्रेस विज्ञप्ति
पार्टी परिपत्र