राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपा नेपालको निर्णय

काठमाडौं २५, मंसिर । जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।
सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष मा. उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदबार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको पुनः बैठक बस्ने निर्णय गरेको छ । यसका साथै, कार्यकारिणी समितिले यही पुस २५, २६ र २७ गते जसपा नेपालको राजनीतिक समितिको बैठक आह्वान गरेको छ ।


जसपा नेपालले सञ्चालन गरेको तीन महिने संगठन विस्तार तथा सुद्दढिकरण अभियानको समिक्षा गर्दै उक्त अभियानलाई पुस मसान्तसम्म थप प्रभावकारी ढंगले निरन्तरता दिने निर्णय गरेको छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्दै जसपा नेपालले यसबीच संचालन गरेको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण अभियान प्रभावकारी रहेको निष्कर्ष समेत निकालेको छ ।

समन्धित खबर

परिपत्र
पार्टी परिपत्र
पार्टी परिपत्र
जेनजी प्रदर्शनका क्रममा भएको घटनाको जिम्मा तत्कालीन सरकारले लिनुपर्छ: मा. उपेन्द्र यादव
युवा पुस्ताको आन्दोलनलाई सम्वोधन गर्न संविधान संशोधन वा पुनरलेखन गरिनु पर्दछः–मा. उपेन्द्र यादब
जसपा नेपालले भन्यो- पाँचकुने तारा अन्य दलले दाबी नगरुन्