नेपालले अन्तर्राष्ट्रिय जगतमा आफ्नो स्वतन्त्र पहिचान र अस्तित्व कायम गर्दै आएको छ । आजको विश्वमा शान्तिपूर्ण सहअस्तित्व, सार्वभौम समानता, पञ्चशीलको सिद्धान्त, राष्ट्रिय सुरक्षा, अन्र्तनिर्भर अर्थतन्त्र, साँस्कृतिक अनतिक्रम्यता र जनताको समृद्धिलक्ष्यित सम्बन्ध नै हाम्रो परराष्ट्र नीतिको आधार हुनु पर्दछ । हाम्रो देशको भू–राजनीतिक स्थितिमाथि मध्यनजर गर्दै सन्तुलित, अन्र्तनिर्भरतापूर्ण र एक्काईसौ शताव्दीको लक्ष्यसँग हाम्रो परराष्ट्र नीति जोडिनु पर्दछ । यसै नीतिअनुसार हाम्रो छिमेकी मुलुकहरूसँगको सामाजिक आर्थिक सम्बन्धलाई पार्टीले विशेष महत्त्व दिनुका साथै विश्वका सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने छ । हाम्रो परराष्ट्र नीति राष्ट्रिय हित र जनताको समृद्विमा केन्द्रित हुने छ । देशको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितलाई विश्व समुदायका बिचमा स्थापित गर्नु, भूपरिवेस्टित देशको अधिकार, ठूला र साना देशहरूबिच पूर्ण समानाधिकार तथा एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको पक्षपोषण गर्नु, आर्थिक कुटनीति अबलम्वन गरी देश विकास एवम्समृद्विमा ठोस योगदान पु¥याउनु हाम्रो परराष्ट्र नीतिको मूल लक्ष्य हुने छ ।