सङ्गठित पार्टी सदस्यता नवीकरण गर्न जसपाको सर्कुलर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यता नवीकरणको लागि सर्कुलर जारी गरेको छ । पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले प्रदेश तथा जिल्लाबाट आगामी फागुन २० गतेभित्र नवीकरण गराउन सर्कुलर गरिएको हो ।

फागुन २० गतेसम्म नवीकरण गराइ फागुन २५ गतेसम्म रेकर्ड तयार गरी सम्बन्धित तहमा पठाउन सहज हुने भएकोले उक्त समय सीमा निर्धारण गरिएको पार्टीले जनाएको छ ।

जसपाको सङ्गठित सदस्यता शुल्क वार्षिक सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ । सदस्यता शुल्कबापतको रकम र रसिद केन्द्रीय कार्यालयमा पठाउन भनिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

समन्धित खबर

परिपत्र
पार्टी परिपत्र
पार्टी परिपत्र
जेनजी प्रदर्शनका क्रममा भएको घटनाको जिम्मा तत्कालीन सरकारले लिनुपर्छ: मा. उपेन्द्र यादव
युवा पुस्ताको आन्दोलनलाई सम्वोधन गर्न संविधान संशोधन वा पुनरलेखन गरिनु पर्दछः–मा. उपेन्द्र यादब
जसपा नेपालले भन्यो- पाँचकुने तारा अन्य दलले दाबी नगरुन्