जसपा नेपालको कार्यकारिणी समिति बैठक सुरु

२८ मंसिर २०८१ शुक्रबार

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक भर्खरै सुरु भयो । भएको छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठक भोलि शनिबार सम्म चल्नेछ ।

हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले प्राप्त गरेको चुनावी मत परिणाम र निर्वाचनमा पार्टी नेतृत्वको भूमिका बारे बैठकमा समिक्षा हुँदैछ ।

यही मंसिर मसान्तमा पहिलो चरणको सम्पन्न हुने गरी चार महिनाअघि सुरु भएको ‘जनतासँग जसपा नेपाल, संगठन बिस्तार अभियान’ को बिस्तृत समिक्षा र यस अभियानको प्रभावकारी निरन्तरता पनि बैठकको प्रमुख एजेन्डा रहेको छ

 

समन्धित खबर

प्रधानमन्त्री गगन कि बालेन हेर्नुस उपेन्द्रको यस्तो जवाफबालेन,गगन,ओली, रवि र धमलाबारे सनसनी प्रक्षेप
घोषणापत्र
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक
परिपत्र