जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव एलान्सको सदस्यता

जनता समाजवादी पार्टी नेपालले अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव एलान्सको नयाँ सदस्यता पाएको छ । दक्षिण अमेरिकामा रहेको चिलीको स्यान्टियागोमा सोमबार सम्पन्न विश्व सम्मेलनले जसपा नेपाललाई सङ्गठनको सदस्यता दिने निर्णय गरेको हो ।

समाजवादी, सामाजिक लोकतान्त्रिक,श्रमिक र प्रगतिशील पार्टीहरूको साझा अन्तर्राष्ट्रिय सङ्गठनको यो निर्णयसँगै जसपा नेपाल प्रोग्रेसिव एलान्सको नयाँ सदस्य पार्टी बन्न सफल भएको छ ।

विश्वका १९० वटा राजनीतिक पार्टीहरू सदस्य रहेको उक्त सम्मेलनमा नयाँ सदस्यताका लागि भएको मतदानमा जसपा नेपाललाई सर्वसम्मतबाट सदस्यता प्रदान गर्ने निर्णय गरिएको हो ।

सबै महादेशबाट प्रोग्रेसिव एलाइन्सका करिब दुई सय राजनीतिक दलका प्रतिनिधि सहभागी उक्त अन्तर्राष्ट्रिय अधिवेशनमा सहभागी छन् । नेपालबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापा सहभागी हुनुभएको थियो ।

प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धता लागि स्वतन्त्रता, सामाजिक न्याय, मानवअधिकारको सुनिश्चितता, लैङ्गिक विभेद, सामाजिक–आर्थिक तथा जातीय विभेद, असमानता र उत्पीडनको अन्त्य एवं पर्यावरणीय सुरक्षाजस्ता अवधारणाका साथ उक्त सम्मेलन सम्पन्न भएको छ ।

समन्धित खबर

प्रधानमन्त्री गगन कि बालेन हेर्नुस उपेन्द्रको यस्तो जवाफबालेन,गगन,ओली, रवि र धमलाबारे सनसनी प्रक्षेप
घोषणापत्र
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक
परिपत्र