जसपा महाधिवेशन : अध्यक्ष पदमा उपेन्द्रले लिए शपथ, अन्य पदमा चुनाव नहुने

जनता जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित अध्यक्ष उपेन्द्र यादवले शपथ ग्रहण गरेका छन् । एकताको प्रथम महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका यादवले बिहीबार शपथ लिएका हुन् । अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । सो पदमा उनलाई सर्वसम्मतिले अध्यक्ष घोषणा गरिएको थियो । त्यसबाहेकका अन्य पदमा अन्य नेताहरूले उम्मेदवारी दिएका थिए । तर अन्तिममा सबै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।सबै पदमा सहमतिका लागि प्रयास भइरहे अन्ततः त्यसको टुङ्गो लगाउन अध्यक्ष यादवलाई जिम्मेवारी दिइएको छ । ‘अध्यक्ष यादवले जे निर्णय गर्छन् त्यसमा सबैले स्वीकार गर्ने सहमति भएको छ’ जसपा नेपालका नेता पूर्ण बस्नेतले भने ।

 

 

समन्धित खबर

प्रधानमन्त्री गगन कि बालेन हेर्नुस उपेन्द्रको यस्तो जवाफबालेन,गगन,ओली, रवि र धमलाबारे सनसनी प्रक्षेप
घोषणापत्र
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक
परिपत्र