पार्टीको राजनीतिक एवम् सङ्गठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावहरू

जनता समाजवादी पार्टी, नेपालको मिति २०८१ साल श्रावण २७, २८, २९ र ३० गते बसेको केन्द्रीय समितिको बैठकले जनतासँग जसपा, नेपाल : आधारभूत सङ्गठन निर्माण अभियान (सङ्गठन निर्माण, सुदृढीकरण एवम् विस्तार कार्ययोजना तथा कार्यक्रम) सञ्चालन गर्ने निर्णय गर्नुका साथै केन्द्रीय समितिका सदस्यहरूलाई अभियन्ताको रूपमा समेत जिम्मेवारी तोकिएको छ । उक्त अभियान अन्तर्गत पार्टीको आधारभूत सङ्गठन निर्माण गर्ने योजना रहेको छ । जसअन्तर्गत टोल, बुथ, वडा, गाँउ/नगर/संघीय तथा प्रदेश निर्वाचन क्षेत्र स्तरीय समिति गठन/पुनर्गठन, पार्टी र भ्रातृ सङ्गठनहरूको निर्माण, विस्तार, प्रशिक्षण, अन्तरक्रिया, गोष्ठि, जनसभालगायत अन्य कार्यक्रमहरू गर्ने र नयाँ सदस्यता वितरण, नवीकरणका साथै बैठकले राष्ट्रिय समस्याहरूको सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेका छन् । पार्टीको केन्द्रीय समितिले गरेका निर्णयहरू जनतामा लैजानुका साथै उक्त अभियान सफल पार्न र पार्टीले गरेका निर्णयहरू कार्यान्वयन गर्न/गराउनका लागि प्रदेश समिति/विशेष प्रदेश समिति/पहिचानमा आधारित राष्ट्रिय समिति/जिल्ला समिति/विशेष जिल्ला समिति/पालिका समिति/भ्रातृ/जनबर्गीय सङ्गठनका केन्द्रीय समितिहरूको तत्काल बैठक बसी आवश्यक निर्णय गरी कार्यान्वयन गर्न/गराउन हुन यो निर्देशनात्मक परिपत्र जारी गरिएको छ । CLICKHERE FOR MORE

समन्धित खबर

प्रधानमन्त्री गगन कि बालेन हेर्नुस उपेन्द्रको यस्तो जवाफबालेन,गगन,ओली, रवि र धमलाबारे सनसनी प्रक्षेप
घोषणापत्र
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक
परिपत्र