प्रचण्ड, माधव र विप्लवतिर हेर्दै उपेन्द्रले भने- कम्युनिष्ट आन्दोलन अब सकिनेतिर छ

७ साउन, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्यको दिशातर्फ उन्मुख रहेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृतिसभामा सम्बोधन गर्दै  यादवले कम्युनिष्ट आन्दोलनबाट उदार प्रजातान्त्रिक आन्दोलनतिर भड्किइरहेको जिकिर गरेका हुन् । यादवले सम्बोधन गरिरहँदा मञ्चमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरू थिए । यादवले नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिवलाई समेत दुई वर्ष नबित्दै षड्यन्त्र गरेर हटाइएको स्मरण गर्दै कम्युनिष्टको जन्मकालमै षड्यन्त्र रहेको टिप्पणी गरे ।

‘नेपालमा जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा कुनै ठाउँमा कहिले पनि कतै पनि कुनै किसिमको लचकता नदेखाइकन जीवन्त संघर्ष गर्ने व्यक्तित्वको रूपमा पुष्पलाललाई लिनुपर्छ’ उनले भने, ‘बिडम्वना के छ भने २००६ सालमा कलकतामा उहाँले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । दुई वर्षमै यति धेरै षड्यन्त्रकारीहरु पार्टीमा घुसे । २००८ सालमै पार्टीको महासचिवबाट हटाइयो ।’ उनले अहिलेसम्म पनि कम्युनिष्ट पार्टीमा षड्यन्त्र गर्ने कुराको अन्त्य हुन नसकेको बताए ।

‘षड्यन्त्र त कम्युनिष्ट पार्टीको जन्मकालदेखि नै चल्दै आएको रहेछ, जो अहिलेसम्म अन्त्य भएको छैन’ उनले भने, ‘नेपालमा कम्युनिष्ट आन्दोलन करिब करिब समाप्त भएको अवस्थामा म देख्छु । कम्युनिष्ट आन्दोलनबाट लिबरल डेमोक्रेटिक मुभमेन्टतिर भड्किरहेको देख्छु ।’

समन्धित खबर

प्रधानमन्त्री गगन कि बालेन हेर्नुस उपेन्द्रको यस्तो जवाफबालेन,गगन,ओली, रवि र धमलाबारे सनसनी प्रक्षेप
घोषणापत्र
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक
परिपत्र