बृहत् सांस्कृतिक कार्यक्रम गर्दै जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले बृहत् सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । २८६० औँ डुक सोनाम ल्होछारको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

आगामी फागुन १२ गते शनिबार ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा आयोजना हुने कार्यक्रममा पहिचानजनित प्रस्तुतीहरु हुने बताइएको छ । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुलाई कार्यक्रममा आमन्त्रण गरिएको छ ।

पार्टीसम्बद्ध जनता समाजवादी तामाङ सङ्घको आयोजनमा हुने कार्यक्रममा एक दर्जन कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

 

समन्धित खबर

प्रधानमन्त्री गगन कि बालेन हेर्नुस उपेन्द्रको यस्तो जवाफबालेन,गगन,ओली, रवि र धमलाबारे सनसनी प्रक्षेप
घोषणापत्र
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक
परिपत्र