राजनीतिक दस्तावेज

प्रिय मित्रहरू,

हाम्रो गौरवमय ऐतिहासिक पार्टी जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशनद्वारा निर्माण गरिएको पार्टीको विधानअन्तर्गत गरिएको व्यवस्थाबमोजिम आज हामी पार्टीको एकताको राष्ट्रिय महाधिवेशनमा उपस्थित भएका छौँ । सर्वप्रथम म सम्पूर्ण प्रतिनिधि/पर्यवेक्षक साथीहरूलाई महाधिवेशनमा हार्दिक स्वागत तथाअभिवादन गर्दछु । साथै यस मह󠄍त्वपूर्ण घडीमा ऐतिहासिक मधेश जनविद्रोह, लोकतान्त्रिक आन्दोलन,जनयुद्ध, आदिवासी जनजाति, थारू, मुस्लिम, खस, पिछडावर्ग, दलित, महिलालगायतका सबै खाले आन्दोलनमा आत्मोत्सर्ग गर्नुहुने सम्पूर्ण आदरणीय अमर वीर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। अमर शहीदहरूको प्रेरणाले हामीलाई अविचलित रूपमा लक्ष्यतर्फ अगाडि बढ्न मार्गदर्शन गरिरहने छ । उहाँहरूको सपना पूरा गर्न पार्टीको तर्फबाट दृढसङ्कल्प व्यक्त गर्दछु । क्रान्तिकारी परिवर्तनको यात्रामा सहभागिता, त्याग र बलिदानका गाथाहरू सिर्जना गर्ने घाइते, अपाङ्गता भएका तथा बेपत्ता भएका व्यक्तिका परिवारजनसहित समस्त क्रान्तिकारी तथा न्यायप्रेमी जनताप्रति उच्च सम्मानका साथ अभिवादन गर्दछु । For More Clickhere

समन्धित खबर

प्रधानमन्त्री गगन कि बालेन हेर्नुस उपेन्द्रको यस्तो जवाफबालेन,गगन,ओली, रवि र धमलाबारे सनसनी प्रक्षेप
घोषणापत्र
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक
परिपत्र