राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टी बीच पार्टी एकताको सहमति

काठमाडौँ । बुधबार, १० वैशाख २०७७ का दिन समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकता भएको छ । एकीकृत नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ ।

चार बुँदे सहमति पत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने उल्लेख गरिएको छ भने एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दौ आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने भनिएको छ । एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।

सहमति पत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

समन्धित खबर

प्रधानमन्त्री गगन कि बालेन हेर्नुस उपेन्द्रको यस्तो जवाफबालेन,गगन,ओली, रवि र धमलाबारे सनसनी प्रक्षेप
घोषणापत्र
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक
परिपत्र