सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित

जनता समाजवादी पार्टी, नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै केदार अध्यक्षमा निर्वाचित भएका हुन् ।

मंगलबार राजविराजमा सम्पन्न जिल्ला अधिवेशनको निर्वाचनमा अध्यक्ष पदका लागि पाँच सय चार मत परेको थियो । जसमा दुई सय ३५ मत ल्याएर केदार अध्यक्ष निर्वाचित हुन् । केदार यसअघि पनि सप्तरी जिल्ला अध्यक्ष थिए ।

यसैगरी, जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी हरेराम यादवलाई जम्मा ९ मतले पराजित गर्दै विजय हासिल गरे । जिल्ला सचिवमा निरज मुक्तिले जम्मा १ मतले निर्वाचित भए । त्यस्तै, उपसचिवमा रिता चौधरी र रामेश्वर यादव विजयी भएका छन् भने कोषाध्यक्षमा अमरेन्द्र यादव निर्वाचित भए ।

श्रावन १४ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेसँगै शुरू भएको जिल्ला अधिवेशनले निर्वाचन प्रक्रियाबाट मंगलबार बिहान जिल्ला पदाधिकारीको टुंगो लगाएको हो ।

जिल्ला कार्यसमितिका सदस्यहरूको निर्वाचन सम्पन्न भए पनि आज दिउँसोदेखि उनीहरूको मतगणना शुरू हुने छ ।

समन्धित खबर

प्रधानमन्त्री गगन कि बालेन हेर्नुस उपेन्द्रको यस्तो जवाफबालेन,गगन,ओली, रवि र धमलाबारे सनसनी प्रक्षेप
घोषणापत्र
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक
परिपत्र