जसपा नेपालले देशव्यापी आइटी सेल निर्माण गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आइटी सेल निर्माण गर्ने निर्णय गरेको छ ।  जसपा नेपालको सूचना सञ्चार तथा विज्ञान प्रविधि विभागले केन्द्रदेखि वटासम्मै समेटिने गरी मूलधारका सामाजिक सञ्जाल लक्षित देशैभरी आइटी सेलको शाखा बिस्तार गर्ने निर्णय गरेको हो।

शुक्रबार पार्टी केन्द्रीय बालकुमारीमा बसेको विभागको बैठकले पार्टीको सूचना संयन्त्रलाई प्रभावकारी बनाउन र मुख्यतः सामाजिक सञ्जालहरूलाई थप व्यवस्थित गर्ने उद्देश्यले देशैभरी आइटी सेल बिस्तार गर्न लागेको सूचना विभागका सचिव समेत रहेका जसपा नेपालको केन्द्रीय आइटी सेलका प्रमुख महेश चौरसियाले जानकारी दिए ।

आधुनिक सञ्चार एवं प्रविधिको बढ्दो प्रभाव र प्रयोगलाई मध्यनजर गर्दै पार्टीको विचार र मुद्दालाई मूलधारका सामाजिक सञ्जालहरूको प्रयोग र परिचालनलाई पार्टीको हितका निम्ति प्रभावकारी ढङ्गले जनतामाझ लैजाने र पार्टीको गतिविधि एवं संरचनालाई आधुनिक आइटी मैत्री बनाउने उद्देश्यले हालै महेश चौरसियाको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय आइटी सेल गठन भएको थियो ।

विभाग प्रमुख जितेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले सामाजिक सञ्जालमा सक्रिय नेता कार्यकर्तालाई समेटेर देशैभरी जिल्लाव्यापी आइटी सेल निर्माणका लागि आइतबार जिल्ला अध्यक्षहरूलाई पत्राचार गर्ने निर्णय भएको चौरसियाले बताए ।

यसका साथै, सूचना सञ्चार तथा विज्ञान प्रविधि विभागलाई पनि ७ वटै प्रदेशमा प्रदेशस्तरीय विभाग गठन गर्ने बैठकले निर्णय गरेको छ । बैठकले सूचना विभाग र आइटी सेलको संरचनागत ढाँचा एवं आगामी कार्यदिशाको प्रारूप तयार गर्न चार सदस्यीय समिति समेत गठन गरेको छ ।

समन्धित खबर

प्रधानमन्त्री गगन कि बालेन हेर्नुस उपेन्द्रको यस्तो जवाफबालेन,गगन,ओली, रवि र धमलाबारे सनसनी प्रक्षेप
घोषणापत्र
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक
परिपत्र