गौर घटनामा सर्वोच्चले दिएको परमादेशविरुद्ध जसपा नेपालको प्रदर्शन

जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशमा आन्दोलनको घोषणा गरेको छ। सर्वोच्च अदालतले १८ वर्षअघि भएको गौर घटनामा जारी गरेको परमादेशको विरुद्धमा जसपा नेपाल मधेश प्रदेश समितिले आन्दोलन घोषणा गरेको हो।

जसपा नेपाल मधेश प्रदेशको अध्यक्ष बालकिशोर यादवले मधेशको आठै जिल्लामा टायर बालेर प्रदर्शन गर्ने जनाए । ‘सबै जिल्ला अध्यक्षलाई निर्देशन गरेका छौँ, जिल्ला सदरमुकाममा टायर बालिन्छ,’ उनले भने। अदालतको अन्यायपूर्ण परमादेश विरुद्धमा सडकमा उत्रेको उनको भनाइ छ ।

गौरमा भएकाे हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश दिएको हाे । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमबार परमादेश दिएका हुन् ।

७ चैत ०६३ मा रौटहटको गौरमा मधेसी जनअधिकार फोरम र माओवादीबिच एकैठाउँमा कार्यक्रम गर्ने विषयमा झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । जुन घटनामा हालसम्म अनुसन्धान हुन सकेको छैन ।

समन्धित खबर

प्रधानमन्त्री गगन कि बालेन हेर्नुस उपेन्द्रको यस्तो जवाफबालेन,गगन,ओली, रवि र धमलाबारे सनसनी प्रक्षेप
घोषणापत्र
प्रेस विज्ञप्ति
पार्टी परिपत्र
जनता समाजवादी पार्टी, नेपालको लेखापरीक्षण प्रतिवेदन (आय–व्यय) २०८१/०८२ सार्वजनिक
परिपत्र