जसपाको केन्द्रीय समिति वैठक जारी

जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको वैठक सम्पन्न भएसँगै आजदेखि केन्द्रीय समितिको वैठक बसीरहेको छ। ललितपुरको ज्यापु भवनमा बसिरहेको वैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन उपर छलफल भइरहेको छ। साथै आगामी जेठ मसान्तमा गर्ने भनिएका पार्टीको महाधिवेशन, राष्ट्रिय सभाको निर्वाचन लगायतका कार्य सुचिमा वैठक केन्द्रीत रहेको छ।  

जसपा ,नेपालको ऐतिहासिक विधान अधिवेशन भव्य एवं सभ्य रूपमा सम्पन्न

नेपाल प्रज्ञा प्रतिष्ठान  , काठमाण्डौ  २०८० आषाढ १०-१२  जसपा,नेपालको विधान अधिवेशन असार १२ गते भव्य एवं सभ्य रूपमा सम्पन्न भएको छ .असार १० गतेदेखि प्रारम्भ भएको विधान अधिवेशन पूर्ववत  कार्यतालिकाअनुसार असार १२ गते सम्पन्न भएको हो . ऐतिहासिक विधान अधिवेशनको समुद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै जसपा,नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयतामा नै त्रुटी रहेको […]

तोकिएको लेबी नबुझाए जसपाका केन्द्रीय नेताहरु विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने

काठमाडौँ । २४ जेठ २०८०, जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको लेबी नबुझाए केन्द्रीय नेताहरु नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताएको छ । बुधबार पार्टी कार्यालयले पत्र काटेर नेताहरुलाई लेबी बुझाउन ताकेता गरेको हो । ‘जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य, राजनीतिक समिति सदस्य र केन्द्रीय सदस्य ज्यूहरुले पार्टीले तोकेको लेबी २०७९ […]